प्रचण्डको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाउने एक जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन्। काठमाडौं आउने तयारी गरिरहेका बेला उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

उनी पक्राउ परेको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको पुष्टि गरेको छ।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्बिर मञ्चमै जलाएका थिए। तस्बिर जलाउँदै उनीसहित सहभागीले गणतन्त्र मुर्दावाद भन्दै नारा लगाएका थिए।

राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा बोल्दै उनले पूर्वराजालाई प्रचण्डले अनेक आरोप लगाएको भन्दै चर्को असन्तुष्टि पनि पोखेका थिए।

तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै कार्यक्रमका सहभागीलाई देखाउँदै उनले प्रचण्डको तस्बिरमा आगो लगाएका थिए।

प्रचण्डको तस्बिर जलाइयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *