हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएका छन्। संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै तस्बिरमा आगो लगाएका हुन्। कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहलगायतको उपस्थिति थियो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed