एसईईमा कोशीका १४ जिल्लाबाट करिब ९० हजार परीक्षार्थी

विराटनगर। कोशी प्रदेशबाट आगामी एसईईमा करिब ९० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। कोशीका १४ जिल्लाबाट माध्यमिक शिक्षा परीक्षामा त्यति विद्यार्थी सहभागी हुने भएका हुन्। चैत ७ गते सुरु हुने एसईई चैत १९ गते सकिने छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार साधारण र प्राविधिक धार तथा खुल्लासहित सबै जिल्लाबाट ८० हजार ९३४ जना परीक्षार्थी सहभागी हुनेछन्। सबैभन्दा बढी मोरङबाट १८ हजार १०७ जना परीक्षार्थी सहभागी हुने मन्त्रालयले जनाएको छ।

परीक्षार्थीको आधारमा दोस्रोमा झापा परेको छ। त्यहाँबाट १७ हजार २८ जना परीक्षार्थी एसईईमा सहभागी हुने छन्। यस्तै, सुनसरीबाट १३ हजार ५८३, उदयपुरबाट पाँच हजार ८८१, इलामबाट चार हजार २३१, खोटाङबाट तीन हजार ८०९ र संखुवासभाबाट तीन हजार १२० जना परीक्षार्थी सहभागी हुनेछन्।

पाँचथरबाट दुई हजार ८०६, धनकुटाबाट दुई हजार ५३५, भोजपुरबाट दुई हजार ४९२, ताप्लेजुङबाट दुई हजार २७२, ओखलढुङ्गाबाट दुई हजार २२०, सोलुखुम्बुबाट एक हजार ६६० र तेह्रथुमबाट सबैभन्दा कम एक हजार १९० जना परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *