मोटरसाइकलको ठक्करले पैदलयात्री वृद्धाको मृत्यु

उदयपुर। उदयपुरमा मोटरसाइकलको ठक्करले पैदलयात्री वृद्धाको मृत्यु भएको छ। मदन भण्डारी राजमार्गअन्तर्गत त्रियुगा नगरपालिका–८ राजाबासमा आइतबार साँझ दुर्घटना भएको हो।

प्रहरीका अनुसार गाईघाटबाट मुर्कुचीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदलयात्री त्रियुगा–८ की ६५ वषीया टीकामाया कार्कीलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल पछाडि बसेकी उदयपुरगढी गाउँपालिका–७ घर भइ त्रियुगा–११ निलो पुल भन्ने स्थानमा बस्दै आएकी २२ वर्षीया मीना तामाङ घाइते भएकी छन्।

मोटरसाइकल चालक रौतामाई गाउँपालिका–७ का २२ वर्षीय गजेन्द्र दाहाल सकुशल छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *