‘उदयपुर सिमेन्ट उद्योगलाई बेवारिसे अवस्थामा छाडियो’

काठमाडौं। राष्ट्रिय सभा सदस्य गोमादेवी तिमिल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छाडिएको आरोप लगाएकी छन्। उनले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिक पाउन नसकेको बताइन्।

तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथिको खेलवाड बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्। राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

समाजवादउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै गइरहेको भएपनि नेपालमा दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको उनको भनाइ छ।

‘समाजवादीउन्मुख देशहरुमा औद्योगिक विकास हुँदै जान्छ। तर हाम्रो देशमा दातृ मुलुकहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुँदै गइरहेका छन्। लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे भएको छ। कामदार र कर्मचारी महिनौंदेखि भोकभोकै मरिरहेका छन्। अध्यक्षमार्फत तुरुन्त उद्योग सञ्चालन गरी कर्मचारीमाथि खेलवाड गर्न रोकियोस् भनेर आदेश दिनको लागि आग्रह गर्न चाहन्छु’ उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *