चन्द्रगढी विमानस्थलबाट बोधीचित्तसहित १ जना पक्राउ
झापा। झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक घर भइ काठमाडौंको बौद्धमा बस्दै आएका ५२ वर्षीय सानुबाबु तामाङ पक्राउ परेका हुन्।
चन्द्रगढी विमानस्थलबाट बिहीबार राति विमानमा काठमाडौं जान लागेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा उनले बोकेको झोलामा बोधिचित्तका १ सय १० वटा माला र १५ किलो बोधिचित्त फेला परेको थियो।
प्रहरीका अनुसार बरामद भएको बोधिचित्तको आवश्यक कागजात छैन। बोधिचित्तसहित तामाङलाई अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय झापाको जिम्मा लगाइएको छ।
प्रतिक्रिया
