मनकामनाबाट फर्कँदा दुर्घटना, १ को मृत्यु १४ घाइते

काठमाडौं। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गर्दा गोरखामा भएको माइक्रोबस दुर्घटना १ जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दर्शनार्थी चढेको नम्बर हाल्न बाँकी रहेको ‘अनटेस्ट’ ईभी माइक्रोबस सोमबार शहीद लखन गाउँपालिका–३ आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *