दुर्घटनामा मोटरसाइकल पछाडि बसेका युवकको मृत्यु
सांकेतिक तस्बिर
संखुवासभा। खाँदबारी नगरपालिका–९ तुम्लिङटारनजिक मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ। खाँदबारीबाट तुम्लिङटारतर्फ गइरहेको प्र १ –०२–०५३ प ८१४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पिलुवाखोला हाइड्रोपावरका मजदुरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर अभिषेक श्रेष्ठका अनुसार मोटरसाइकलको पछाडि बसेका प्युठानको स्वर्गद्वारी नगरपािलका–१ घर भएका २६ बर्षीय एकम अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा आज सोमबार बिहान अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक धर्मदेवी नगरपालिका–६ का २५ बर्षीय आकाश जिमीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको छ।
प्रतिक्रिया

अति दु:खद घटना प्रती शोक ब्याक्त गर्दै मित्त आत्मा प्रती भावपुर्ण हार्दिक श्रद्धाञ्जली अर्पित गर्दै मेरो भाई एकम अधिकारी को आत्माले स्वोर्गमा बाश पावस भन्दै , दोशी लाई सक्त कडा सजाय हौश भन्न चाहन्छु ! दु:खद घटना ?