प्रि-मनसुन सुरु भएसँगै तराई क्षेत्रमा गर्मी बढ्दै

विराटनगर। विराटनगरसहित तराइका जिल्लामा तापक्रम बढ्न थालेको छ। केही दिन अघिसम्म निकै चिसो रहेको तराई क्षेत्र अब प्रि-मनसुन सुरु भएसँगै तातिन थालेको हो।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगर र जनकपुरमा सबैभन्दा बढी गर्मी हुने सम्भावना छ। विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना महाशाखाले जनाएको छ।

आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। फागुन १७ (मार्च १) देखि प्रि–मनसुन अवधि सुरु भएको छ। मार्चदेखि मे महिना सम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ। यो अवधिमा गर्मी बढ्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने जस्ता गतिविधि धेरै हुन्छ।

गत वर्ष यो बेला निकै गर्मी थियो। अप्रिल २० मा भैरहवामा सबैभन्दा बढी गर्मी मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *