गृहमन्त्रीले ‘नो केबलकार समूह’ लाई वार्तामा बोलाए

काठमाडौं। गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा आन्दोलनरत ‘नो केबलकार’ पक्षलाई वार्ताका लागि आह्वान गरेका छन्। राष्ट्रियसभाको आज आइतबार बसेको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा लेखकले वार्तामार्फत् समस्या समाधान गर्ने भन्दै आह्वान गरेका हुन्।

पाथीभरा क्षेत्रमा सुरक्षा निकायले उच्च संयमता अपनाएको र शान्ति सुरक्षा प्रदान गरिरहेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई वार्ताबाट समाधान खोज्न गृहमन्त्री लेखकले आह्वान गरे।

सरकारले वार्ता र संवादका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको भन्दै गृहमन्त्री लेखकले यसका लागि सम्बन्धित पक्षसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचचिवको संयोजकत्वमा गत माघ २० गते वार्ता टोली गठन गरिएको बताए।

उक्त टोलीले आन्दोलनरत पक्षलाई वार्ताका लागि फागुन १२ गते पुनः आह्वान गरेको जानकारी उनले दिए। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक स्थानीय समुदायका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री लेखकले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *