प्रधानमन्त्री ओली विराटनगर आउने कार्यक्रम रद्द

विराटनगर। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको विराटनगर भ्रमण अन्तिम समयमा रद्द भएको छ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्‌घाटन गर्न प्रधानमन्त्री ओली आउने तयारी थियोे। अन्तिम समयमा विराटनगर भ्रमण रद्द भएको पार्टीले जनाएको छ।

एमाले मोरङ अध्यक्ष बाबुराम कार्कीका अनुसार अधिवेशन उद्घाटनका लागि रामबहादुर थापा बादल आइपुगेका छन्। दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *