विराटनगर आउँदै प्रधानमन्त्री ओली
विराटनगर। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शनिबार विराटनगर आउँदैछन्। पार्टी मोरङ कमिटीको १०औं जिल्ला अधिवेशन उद्घाटन गर्न उनी आउने भएका हुन्।
प्रधानमन्त्री आउने भएपछि बिहानैदेखि ठाउँ ठाउँमा थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ।
सोमबारसम्म विराटनगरको होटल ‘मनास्लु इन’ मा हुने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन्।
तीमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ।
एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीका अनुसार अधिवेशनको तयारी पूरा भइसकेको छ। एमाले मोरङको अध्यक्षमा कार्कीसहित राजकुमार ओझा र अजम्बर राई आकांक्षी देखिएका छन्। सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गरिने नभए निर्वाचनबाट चयन गरिने कार्कीले बताए।
