काबेली खोला जलविद्युतको परीक्षण उत्पादन सुरू

ताप्लेजुङ। ताप्लेजुङको सुपर काबेली खोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ। सिरिजंघा गाउँपालिका वडा ६, ७ र ८ को काबेली खोलामा बनाइएको १२ मेगावाट क्षमताको आयोजनाबाट उत्पादन सुरु भएको हो।

हिल्टन हाइड्रो इनर्जी लिमिटेडद्वारा प्रवर्द्धन गरिएको आयोजनाको काम २०७९ पुस २५ मा थालिएको थियो। चैत १० सम्म निर्माण अवधि रहेपनि फागुन १५ मै सम्पन्न भएको आयोजनाका मेघनाथ ढुंगानाले जानकारी दिए।

आयोजनाको इन्टेक सिरिजंघा गाउँपालिका–८, याम्फुदिनमा छ। विद्युतगृह वडा ७, खेवाङको ओथाममा राखिएको छ। हेडबक्स, पाइपलाइन, टनेल, भर्टिकल साफ्ट, सर्ज साफ, बाइपास टनेल मुख्य संरचना निर्माण गरिएका छन्।

आयोजनाबाट उत्पादित विद्युत १३२ केभी प्रसारण लाइनमार्फत् पाँचथरको हिलिहाङ गाउँपालिका–१, अमरपुर दुबीचौरस्थित विद्युत प्राधिकरणको सब–स्टेसनमा जोखिएको छ।

दुई अर्ब १४ करोड ३८ लाख २१ हजार रुपैयाँ लगानीको आयोजनाको स्वपुँजी २५ प्रतिशत रहेको जनाइएको छ। ७५ प्रतिशत लगानी एनएमबि बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको रहेको ढुंगानाले जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *