मोरङको केराबारीमा अति भारी वर्षा

विराटनगर। २४ घण्टा यताको अवधिमा मोरङको केराबारी क्षेत्रमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा विभागका विभिन्न स्टेशनमध्ये मोरङको केराबारी स्टेशनमा ४०१‍.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

विभागका अनुसार केराबारीमा मापन भएको अति भारी वर्षा हो। हिउँदमा २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ।

पछिल्लो २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ। रुपनीमा ३६.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर वर्षा मापन गरिएको छ।

यसैगरी, मकवारपुर र र प्यूठानमा मध्यम वर्षा भएको छ। सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *