गण्डकी र बागमतीका ११ जिल्लामा ६४० शिक्षक स्थायी सिफारिस
काठमाडौं। शिक्षक सेवा आयोगले बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको हो।
आयोगका उपसचिव शिवप्रसाद रेग्मीका अनुसार गोरखा, कास्की, म्याग्दी, पर्वत, मनाङ्, मुस्ताङ, सिन्धुली सिन्धुपाल्चोक, रसुवा, धादिङ र चितवनका ६४० जना उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो।
सम्बन्धित उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कका आधारमा जिल्लागत योग्यताक्रम सूची कायम गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
आयोगका अनुसार गोरखामा ९३, कास्कीमा ६६, पर्वतमा २८, मनाङमा २, मुस्ताङमा १, म्याग्दीमा ७८, चितवनमा १०४, धादिङमा ६९, रसुवामा ३७, सिन्धुपाल्चोकमा ९७ र सिन्धुलीमा ६५ जना उम्मेदवारको स्थायी नियुक्तिको सूची सार्वजनिक भएको हो।

