संखुवासभामा खुला आर्चरी प्रतियोगिता सुरू

संखुवासभा। सदरमुकाम खाँदबारीमा तेस्रो खुला आर्चरी प्रतियोगिता शनिबार सुरु भएको छ। जिल्ला आर्चरी संघले २१५२ औं ग्याल्पो ल्होसारको अवसरमा आयोजना गरेको प्रतियोगितामा संखुवासभाका ९ टिमको सहभागिता छ।

३० मिटर ‘स्टान्डर्ड’ विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। प्रत्येक टिमका ६ सहभागी खेलाडी मध्येले हरेक प्रतिस्पर्धामा २ पटक खेल्ने मौका पाउँछन्।

विशेषगरी भोटखोला गाउँपालिकामा बसोबास गर्ने भोटे जातिको परम्परागत खेल आर्चरी भएकाले संस्कृति संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको महासचिव मिक्मातेम्बा लामाले बताए।

आइतबारसम्म चल्ने प्रतियोगिताका विजयीले १ लाख ६ हजार रुपैयाँ पाउने छन्। उपविजेताले ५६ हजार रुपैयाँ पाउने छन्। तेस्रो हुनेले ३६ हजार तथा सान्त्वनाका रुपमा चयन हुने टिमले २१ हजार पाउने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *