संखुवासभाको मकालुमा करेन्ट लागेर युवकको मृत्यु

संखुवासभा। करेन्ट लागेर एक जनाको मृत्यु मकालु गाउँपालिका–६ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ।

मकालु–६ मा करेन्ट लागेर २६ वर्षीय उपेन्द्र राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार बेलुका बिजुलीको खम्बामा तार जोड्न चढेका राई अचानक करेन्ट लागेर तल झरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो। चिकित्सकले शुक्रबार उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *