‘नो केबलबार समूह’ र प्रहरीबीच झडप
ताप्लेजुङ। ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ। त्यस क्रममा आन्दोलनकारी र प्रहरीसहित १२ जना घाइते भएका छन्। झडपका क्रममा प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ।
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकालेको थियो । पदयात्रा केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको जनाए। पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ।
यसअघि पनि दुई पक्षबीच पटक पटक झडप हुँदै आएको छ। केबलबार निर्माणबारेको विवादमा सरकारी पक्ष र आन्दोलनकारीबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
