वर्षा र हिमपात हुने सम्भावना
काठमाडौं। मुलुकभरको तापक्रम बिस्तारै बढ्दै गएको छ। तराईतिर बिहान बेलुका बाहेक चिसो अनुभव हुन छाडेको छ। मौसम फेरिने क्रमसँगै मुलुकका विभिन्न ठाउँमा आज बिहीबार वर्षा र हिमापात हुनसक्ने अनुमान गरिएको छ।
मुलुकका धेरै ठाउँमा आज र भोलि शुक्रबार वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश बाहेकका अरु ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। गण्डकी प्रदेशको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र उच्च पहाडी एवं हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया
