संसदमा प्रश्न : धर्म परिवर्तन उद्देश्यले अमेरिकाबाट १४ अर्ब आएको हो?

काठमाडौं। धर्म परिवर्तन गराउने उद्देश्यका लागि काम गर्न अमेरिकाबाट १४ अर्ब रुपैयाँ आएको भनिएको विषयमा प्रतिनिधिसभामा प्रश्न उठाइएको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद धवलशमशेर जबराले यसबारे प्रश्न उठाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका जबराले संसद बैठकमा आकस्मिक समय लिएर बोल्दै सोधे, ‘धर्मान्तरका लागि नेपालमा अमेरिकाबाट १४ अर्ब आएको कुरा के हो?’

एक अमेरिकी सांसदले धर्मान्तरणका लागि रकम पठाइएको विषयलाई लिएर टिप्पणी गरेपछि नेपालमा यसबारे अनेक कोणबाट बहस र चर्चा भइरहेको छ। भारतको संसदमा पनि यसबारे कुरा उठिसकेको छ।

सांसद जबराले त्यसरी रकम आएको चर्चा भइरहेको उल्लेख गर्दै यसबारे सत्य के हो भनेर प्रश्न गरेका थिए।

भारतको संसदमा यसबारे जोडदार कुरा उठेको भन्दै उनले १४ अर्ब रुपैयाँ नेपालमा धर्मान्तरका लागि प्रयोग भएको बताए। यस विषयमा विषयमा वर्तमान सरकारले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि पनि पोखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *