मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पछाडि बस्ने गम्भीर घाइते
उदयपुर। कटारी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक कटारी–७ का २४ वर्षीय रबिन तामाङको घटनास्थलमै मृत्यु भएको थियो। पछाडि बसेका सिरहाका २३ वर्षीय किरण तामाङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–१ नौडाँडा भन्ने स्थानमा पुग्दा अनियन्त्रित भइ प्रदेश १–०१–००३ प ३१९४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। तीव्र गतिमा कुदाएकाले दुर्घटना भएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया
