पाथीभरा क्षेत्रमा हिउँ पर्यो
ताप्लेजुङ। पाथीभरा मन्दिर र आसपास क्षेत्रमा हिमपात भएको छ। माथिल्लो फेदीदेखि हिउँ परेको हो। हिमपात भएका बेला आइतबार बिहान डेढ सयभन्दा बढी तीर्थयात्री पाथीभरा पुगेका छन्।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार हिमपातका कारण तीर्थ यात्रुलाई हिँडडुलमा केही असहज भएको छ।
२४ सय मिटरको काफले पाटीभन्दा तल क्षेत्रमा केही पातलो गरी हिउँ परेको छ। यसवर्ष ताप्लेजुङमा विगतका वर्षमा जस्तो हिउँ परेको छैन। विगतमा केही समय अघिदेखि नै बाक्लो हिमपात हुने गरेको थियो।
प्रतिक्रिया
