पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा
पोखरा। नेपाल पुलिस क्लब २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव २४औं संस्करणको उपाधि नजिक पुगेको हो।
पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोलीमध्ये एक हो। पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेका छन्। पुलिसपछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो।
पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ।
प्रतिक्रिया
