कोशीका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने

काठमाडौं। देशका धेरैजसो ठाउँमा आज सोमबार मौसम बदली भएको छ। मधेश प्रदेशबाहेक सबै प्रदेशमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकोले मौसम बदली भएको हो । बिहान तराईका कतिपय जिल्लाहरूमा हुस्सु लागेको छ।

आज दिउँसोदेखि साँझसम्म कोशी प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान । बाँकी सबै प्रदेशको हिमाली र पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुनेछ।

कोशीसहित, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *