‘कृषि विज्ञ’ मदन राईलाई बाल यौन दुरूपयोगमा साढे २ वर्ष जेल सजाय

खोटाङ। ‘कृषि विज्ञ’ मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई उक्त सजाय सुनाएको हो।

अदालतका सूचना अधिकृत सुदिपकुमार भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने कसुरमा दोषी ठहर्याएको छ। राईलाई १ लाख जरिवाना पनि तोकिएको छ।

उनीबाट पीडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश भएको छ। यसैगरी, राईले पीडित राहत कोषमा समेत ४ हजार रुपैयाँ दाखिला गर्नुपर्ने छ। न्यायाधीश दाहालको इजलासले गत माघ १० गते राईलाई दोषी ठहर गरेको थियो।

आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

‘कृषि विज्ञ’ मदन राई बालयौन दुरूपयोग आरोपमा दोषी ठहर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *