उदयपुरको बेलकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानी पर्यटकको मृत्यु

उदयपुर। उदयपुरको बेलकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानी नागरिक ७२ वर्षीय काजी ताकासीको मृत्यु भएको छ। उनी साथीहरुसँग नेपाल भ्रमणमा आएका थिए।

बेलका नगरपालिका–८ बोक्ताङ डाँडामा सञ्चालित प्याराग्लाइडिङमा उडेका उनी फुटबल मैदानमा अवतरण गर्ने क्रममा घाइते भएका थिए। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको बुधबार साँझ मृत्यु भएको हो।

उदयपुरका प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी अनुसार शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ। दुर्घटनाको कारण खुल्न नसकेको उल्लेख गर्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *