भुटानलाई हराउँदै चर्च ब्वाइज बुढासुब्बा गोल्डकपको फाइनलमा

सुनसरी। भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड धरानमा जारी बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ।

आज बुधबार भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले आरटीसी क्लबलाई ७–० गोलले हरायो। चर्च ब्वाइजका समिर तामाङ र अर्मान्ड बेदोङ्गले ह्याट्रिक गरेका थिए। टिमका लागि पदम भट्टराईले १ गोल थपे।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि बिहीबार न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन्। प्रतियोगिताको फाइनल खेल माघ २६ गते शनिबार हुनेछ।

२५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेताले १० लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *