पुलिसलाई हराउँदै बुढासुब्बा गोल्डकपमा चर्च ब्वाइजको विजयी सुरुवात

सुनसरी। नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड २५औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

धरान रङ्गशालामा आज भएको उद्घाटन खेलमा चर्च ब्वाइजले पुलिसलाई १–० गोलले पराजित गर्यो। चर्च ब्वाइजका सन्तोष खत्रीले गरेको एकमात्र गोल निर्णायक बनेको हो।

बुढासुब्बा गोल्डकपमा भोलि आइतबार आयोजक धरान फुटबल क्लब र यूके एफसी भारतबीच खेल हुनेछ। प्रतियोगितामा भारत र भुटानका २ सहित ८ वटा टिम सहभागी छन्।

माघ २६ गते हुने प्रतियोगिताको फाइनल खेलमा उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *