साउदीमा भएको दुर्घटनामा ३ जना नेपालीको मृत्यु
काठमाडौं। साउदी अरबमा भएको सडक दुर्घटनामा परी तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। पश्चिमी क्षेत्रको जिजान क्षेत्रमा बिहीबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा परी १५ जनाको मृत्यु भएकामा ३ जना नेपाली, ९ जना भारतीय र ३ जना घानाका नागरिक छन्। एक जना नेपाली घाइते भएका छन्।
जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार मृत्यु हुने नेपाली श्रमिकमा पाल्पाका कृष्ण खत्री, उदयपुरका रूपक कार्की र कपिलवस्तुका मानबहादुर राना छन् ।
जिजानबाट २६ जना कामदारलाई कार्यस्थलतर्फ लिएर जाँदै गरेको बस ट्रेलरसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।
प्रतिक्रिया
