शिक्षक महासंघद्वारा चरणबद्ध आन्दोलन घोषणा
काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ। माघ १६ र १७ गते बसेको महासंघले आन्दोलनको घोषणा गरेको हो।
माघ २० गते सबै शिक्षक र कर्मचारीले आफ्नो फेसबुक पेजमा हिउँदे अधिवेशनवाट विद्यालय शिक्षा ऐन जारी गरियोस् भनेर अभियान चलाउने महासंघले निर्णय गरेको छ।
यसैगरी, पालिकाहरूमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने र विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्ने निर्णय महासंघले गरेको छ।
महासंघले माघ ३० गते कालोपट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गर्ने लगायतका आन्दोलनको घोषणा गरेको छ।

प्रतिक्रिया
