राजतन्त्र फ्याँकेर गणतन्त्र ल्याउनेहरु देश डुबाउँदैछन् : भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्र फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू सत्तामा पुगेपछि देशलाई डुबाउने हर्कतमा लागेको आरोप लगाएका छन्।

काठमाडौंमा बुधवार आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले भने, ‘राजतन्त्रलाई फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरू नै सत्तामा पुगेपछि भ्रष्टाचार गर्ने, अनेक काण्ड गरेर देशलाई डुबाउने काम भइरहेको छ।’

प्रत्यक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्यक्ष रूपमा सरकार चलाउन सके राजनीतिक स्थिरता हुने र २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पु‍र्याउन सकिने दाबी पनि भट्टराईले गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *