केही प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौँ। मौसम फेरिने क्रमसँगै आज केही प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशमा पश्चिमी वायुको प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको हो। आज पनि बिहानैदेखि तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ।
कोशी प्रदेशका हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मधेस प्रदेशमा दिउँसो मुख्यतया सफा रहने सम्भावना छ। बागमती प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ।
गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने साथै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा बदली रहने सम्भावना भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ। कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका एकदुई स्थानमा हल वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ।
