कारबाहीमा परे सन्दीप लामिछाने
काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई अनुशासनको कारबाही गरेको हो।
गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए। लामिछानेलाई क्यानले एक खेलका लागि निलम्बन गर्दै स्पष्टीकरण समेत सोधेको थियो।
अम्पायरका बारेमा सार्वजनिक रूपमा सामाजिक सञ्जालमा लेखेकाले त्यो कुरा खेलाडीसँगको सम्झौताको २.७ मा उल्लेख गरिएको नियमको उल्लंघन भएको क्यानले ठहर गरेको छ।
क्यानले एक खेलका लागि निलम्बन गरेका कारण अब सन्दीपले क्यानद्वारा आयोजित कुनै एक खेल खेल्न पाउने छैनन्।
प्रतिक्रिया
