मोरङमा २ जना मृत अवस्थामा भेटिए
जिल्ला प्रहरी कार्यालय मोरङ
विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। केराबारी र बेलबारीमा दुई जना पुरुष मृत भेटिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–९ स्थित धरधरे सामुदायिक वनको भीरमा केराबारी–८ का ६७ वर्षीय पर्शुराम न्यौपाने मृत फेला परेका छन्।
शनिबार घरबाट निस्किएपछि फर्केर नआउँदा उनको खोजी गरिएको थियो। त्यस क्रममा भीरबाट करिब २० मिटर तल खसेको अवस्थामा आइतबार न्यौपाने मृत भेटिएका थिए।
यस्तै, बेलबारी नगरपालिका–८ गिरीगाउँमा स्थानीय भक्तबहादुर ओझाको घरमा काम गरी बस्दै आएका ५६ वर्षीय डम्का राजवंशी सुतेकै ठाउँमा आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।
कटेरोमा सुतेका उनको चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया
