उदयपुरको चौदण्डीगढीमा सोमबारदेखि मेयर कप फुटबल

उदयपुर। चौदण्डीगढी नगरपालिकाको नारदमुनि खेल मैदानमा सोमबारदेखि छैटौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।

नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा आठ टिमबीच प्रतिस्पर्धा हुने चौदण्डीगढी नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगरले बताए।

माघ ७ गते उद्घाटन खेलमा वडा नम्बर ९ ले वडा नम्बर ३ को सामना गर्नेछ। प्रतियोगितामा साविक विजेता वडा नम्बर ६ ले वडा नम्बर १० को सामना गर्ने छ भने वडा नम्बर ४ बाईमा परेको छ। वडा नम्बर २ ले वडा नम्बर ५ को सामना गर्दा वडा नम्बर ७ ले वडा नम्बर ८ को सामना गर्नेछ।

नकाउटका आधारमा हुने प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार र कप प्रदान गरिनेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीलाई ३५ हजार र प्रमाणपत्र प्रदान गरिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *