नेपाल कबड्डी लिगः उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्दै

काठमाडौं। नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी ‘नेपाल कबड्डी लिग’ (एनकेएल) आज शुक्रबार सुरू हुँदैछ। काठमाडौंको दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स खेल्दैछन्। खेल बेलुका साढे ६ बजे सुरू हुने छ।

प्रतियोगितामा काठमाडौं र पोखरासहित विराटनगर ब्यान्डिट, जनकपुर नाइट्स, धनगढी वाइल्डक्याट र हिमालयन रेइडर्स गरी ६ वटा टोली सहभागी हुनेछन्।

प्रतियोगितामा थाइल्यान्ड र बङ्गलादेशका समान ६–६, केन्या र श्रीलङ्काका ३–३ गरी कुल १८ विदेशी तथा ६६ नेपाली खेलाडीले एनकेएल खेल्दैछन्।

प्रत्येक टिममा १४ खेलाडी रहने छन्। हरेक टिमले कम्तीमा २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन्।

‘नेपाल कबड्डी लिग’ आयोजना हुने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *