बीपी राजमार्गमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

काठमाडौं। बीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाको सीमा कनढुङ्ग्री नजिक दुर्घटना भएको हो।

काठमाडौँबाट जनकपुर जाँदै गरेको बा ३ ख८४४५ नम्बरको माइक्रो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए।

सडकको डिभाइडरमा ठोकिएर अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार १८ मध्ये १२ जना घाइते भएका छन्। ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ।

घाइते ५ जनालाई थप उपचारका लागि धुलिखेल रिफर गरिएको र बाँकी यात्रुको सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *