क्रिकेट खेलाडीको कौशल बढाउन ‘ब्याटिङ क्याम्प’

काठमाडौं। खेलाडीको कौशल बढाउन नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ। क्यानले सूचना प्रकाशित गर्दै युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जनाएको छ।

माघ ४ देखि १२ गतेसम्म त्रिवि र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा २० जना खेलाडी सहभागी हुने छन्।

उनीहरुलाई राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाइको निगरानीमा राखिने भएको छ। खेलाडीको क्षमता अभिवृद्धि गर्न यस क्याम्पको सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ।

क्याम्पमा खेलाडीहरु लोकेश बम, तृतराज दास, किरण ठगुन्ना, रित गौतम, आकाश त्रिपाठी, सोनु अन्सारी, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सोहेल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम थापामगर, शुभ कंशाकार, इम्रान शेख, सन्तोष कार्की, सुजन थपलिया र अर्जुन घर्ती सहभागी हुने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *