६० लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धरौटी बुझाएर छुटेका छन्। काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी राखेर उनी छुटेका हुन्।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई धरौटीमा छाड्ने आदेश दिएको थियो। आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् धरौटी रकम बुझाएर उनी छुटेका हुन्।

थुनछेक बहसपछि न्यायाधीश अधिकारीको इजलासले सो आदेश दिएको हो । लामिछानेले अब हिरासत बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन्।

जिल्ला अदालत कास्कीले पनि पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *