तीव्र गतिको मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु
विराटनगर। मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–३, अधिकारी चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना भएको हो।
रमितेबाट धोबेनी बजार जाँदै गरेको प्रदेश १–०४–००१ प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बाटोछेउ नालीमा खस्दा चालक स्थानीय ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोरङका ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार घाइते अवस्थामा उद्धार गरी उर्लाबारीस्थित अरनिको अस्पताल लगिएकोमा राति उनको मृत्यु भएको हो। तीव्र गतिमा कुदाएकाले उक्त दुर्घटना भएको लम्सालले बताए।
प्रतिक्रिया
