सार्वजनिक भयो एसईईको रुटिन

काठमाडौं। यो वर्ष हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयतालिका (रुटिन) सार्वजनिक भएको छ। ‘राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले शैक्षिक सत्र २०८१ को एसईई रुटिन सार्वजनिक गरेको हो।

एसईई चैत ७ गतेदेखि हुने तालिका छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ। पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। परीक्षा चैत १९ गते मंगलबार सकिनेछ। परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ।

परीक्षार्थीले रजिस्ट्रेसन, परीक्षा आवेदन फाराम भर्दा फाराममा उल्लेख गरेको जन्ममिति र नाम थरको हिज्जे यस कार्यालयबाट उपलब्ध गराइएको सूचीसँग रुजु गरी फरक परेमा फरक परेको विवरण संशोधन गर्नुपर्ने अवस्थामा सम्बन्धित विद्यालयले संशोधन गर्नुपर्ने विवरण २०८२ वैशाखभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमार्फत वा सिधै परीक्षा कार्यालयमा पठाइसक्न भनिएको छ।

यस्तो छ एसईईको रुटिन–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *