सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ‘डायमन्ड क्याटगरी’ मा
काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) २०२५ को खेलाडी ‘ड्राफ्ट’ अन्तर्गत डायमन्ड क्याटगरीमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई समावेश गरिएको छ।
पाकिस्तान सुपर लिगले शुक्रबार सार्वजनिक गरेको सूचीमा सन्दीप डायमन्ड क्याटेगोरीमा समावेश गरिएका हुन्।
यसअघि सिल्भर क्याटेगोरीमा नेपालका ६ जना खेलाडी समावेश भएका थिए। गत सोमबार सार्वजनिक भएको सूचीको सिल्भर क्याटेगोरीमा गुल्सन झा, आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी समावेश गरिएका थिए।
आगामी सिजनको पीएसएलको लागि अन्तिम सूची जनवरी १३ मा सार्वजनिक हुँदैछ। पीएसएल २०२५ आगामी अप्रिल–मे महिनामा हुनेछ।
प्रतिक्रिया
