धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना, २ जनाको मृत्यु
धनकुटा। धनकुटाको पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ मा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
सुँगुर लिएर पाख्रीबासबाट हिले जाँदै गरेको को १ ज २६३९ नम्बरको पिकअप बिहीबार राति ९ बजेतिर सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक पाख्रीबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो।
सहचालक मल्लिकको घटनास्थलमै र चालक तामाङको जिल्ला अस्पताल धनकुटा पुर्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।
प्रतिक्रिया
