रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अदालतको आदेशसँगै लामिछानेले अब बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।

बिहीबार उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता गोविन्दराज गौली र जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जवाफी बहस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *