प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट माघ १ देखि

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । आगामी माघ १ गतेदेखि धनगढीमा हुने प्रतियोगितामा ९ टिम सहभागी हुने छन्।

७ प्रदेश र दुई विभागीय टोली गरी ९ टोली सहभागी हुने क्यानले जनाएको छ । प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ । त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलोपटक महिला क्रिकेट टोली मैदानमा उतार्ने भएको छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन्। समूह ‘बी’ मा गत वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बागमती प्रदेश र मधेश प्रदेश छन्।

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ । समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछ भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ। सुपर फोरमा एक समूहले अर्काे समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *