ग्यास चुहावटपछि आगलागी, वृद्धाको मृ*त्यु

पर्सा । खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा पर्सामा एक वृद्धाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । प्रहरीका अनुसार कुश्मा नगरपालिका-१० पीपलटारीकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीमा परेर ५२ वर्षीय ध्रुव रेग्मी र तिला रेग्मी घाइते भएका छन् । प्रयोग गरिरहेको सिलिन्डरमा ग्यास सकिएपछि अर्को लगाउने क्रममा ग्यास चुहावट भएर आगलागी भएको प्रहरीको भनाइ छ ।

स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए । आगोले रेग्मीको घरमा क्षति पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *