कोशीका संकटग्रस्त सहकारीहरूको व्यवस्थापन पहल
विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारी संस्थाहरुको व्यवस्थापनका लागि पहल थालेको छ। त्यस्ता सहकारीको व्यवस्थापनका लागि वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा समिति गठन गरिएको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले समितिको काम, कर्तव्य र अधिकार पनि निर्धारण गरेको छ । थापाको अध्यक्षतामा रहेको समितिमा सहकारीविज्ञ धनप्रसाद सिवाकोटी, लेखाविज्ञ जीवन काफ्ले सदस्य र मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठ सदस्य सचिव छन् ।
समितिमा कोशी प्रदेश सहकारी संघबाट एक जना सदस्य मनोनीत हुने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जनाए ।
प्रदेश सरकारद्वारा जारी अध्यादेश-२०८१ अनुसार संकटग्रस्त सहकारीहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि व्यवस्थापन समिति गठन गर्न सकिने कानुनी व्यवस्था गरिएको छ ।
