अधिकांश क्षेत्रमा हुस्सु, तराईमा चिसो बढ्यो
विराटनगर । तराई क्षेत्रका धेरै स्थानमा बिहानैदेखि हुस्सु लागेकाले चिसो बढेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले तराईका धेरै स्थानमा हुस्सु लागेको छ । चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण तथा बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
शुक्रबार बिहान तराई तथा काठमाडौं उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया
