हात्ती आक्रमणमा महिलाको मृ*त्यु

झापा । झापामा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । कचनकवल गाउँपलिका–७ तारावना स्थित दिपज्योति सामुदायिक वनमा घाँस काट्न गएकी ३५ वर्षीया केलावती राजवंशीको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिकिस्त घाइते भएकी उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनी बेपत्ता भएको खबर गाउँलले गरेपछि इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक रोहित मगरको नेतृत्वमा खटिएको टोलीले जङ्गलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा फेला पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *