विदेशबाट फर्किएर उद्यम गर्नेलाई सरकारले पुरस्कृत गर्ने

काठमाडौं । विदेशमा रोजगारी गरी फर्किएर नेपालमा उद्यम–व्यवसाय गर्नेहरुलाई सरकारले पुरस्कृत गर्ने भएको छ । यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन मागेको छ ।

इच्छुक र योग्य उद्यमीहरुले माघ ७ गतेभित्र आवेदन दिन सकिने जनाइएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई पुरस्कृत गर्न लागिएको हो ।

यसका लागि सरकारले केही सर्त राखेको छ । त्यसअनुसार कामदार भिसामा विदेश गएर कम्तीमा एक वर्ष काम गरी फर्किएको हुनुपर्ने छ । वैदेशिक रोजगारीबाट नेपाल फर्किएको समेत एक वर्ष पूरा भएको हुनुपर्ने जनाइएको छ ।

यस्तै, अर्को सर्त पाँच वर्षयता मन्त्रालयबाट कुनै पनि प्रकारको पुरस्कार नपाएको हुनुपर्ने छ । यसअघिका वर्षमा आवेदन दिएका तर पुरस्कार नपाएकाले पनि यस्तो पुरस्कारका लागि आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *